पूर्ण रूपमा बलियो टोली तयार गरेका छौँ, जिम्वावेविरुद्धको खेल कुनै ‘एक्स्पेरिमेन्ट’ हुने छैन: कप्तान सन्दीप – Nepal Press

पूर्ण रूपमा बलियो टोली तयार गरेका छौँ, जिम्वावेविरुद्धको खेल कुनै ‘एक्स्पेरिमेन्ट’ हुने छैन: कप्तान सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जिम्बावे‘ए’ विरुद्धको खेल कुनै एक्स्पेरिमेन्ट नहुने प्रतिक्रिया दिएका छन् ।

‘जिम्बावेविरुद्धको खेल कुनै एक्स्पेरिमेन्ट हुनेछैन, हामीले पूर्ण रूपमा बलियो टिम तयार गरेका छौ दुवै सिरिज जित्ने हाम्रो लक्ष्य रहेको छ ।’ उनले शुक्रवार जिम्वावे ए विरुद्धको खेल अघि आयोजित पत्रकार सम्मेलनमा भने ।

नेपालले यसपछि विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग सिरिज खेल्दै छ । उक्त खेलका लागि यो सिरिज अभ्यास हुने सन्दीप बत्ताउँछन् ।

‘‘जिम्बावे टिमलाई स्वागत छ । हाम्रो टिम सन्तुलित छ । हामीले पिएनजी र मलेसियासँग नयाँ प्रयोग गर्‍यौ र काम पनि गर्‍यो । हाम्रो लागि अमेरिका जानु अघि यो राम्रो अवसर हो । जिम्बावे राम्रो टिम हो । उनीहरूसँग खेल्न सजिलो हुने छैन । प्रतिस्पर्धा हुने अपेक्षा छ । तयारी राम्रो छ सबै खेलाडी तयार छन्’, उनले भने ।

नेपाल र जिम्बावे‘ए’ बिचको उद्घाटन खेल शनिवार ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

मुख्य प्रशिक्षक पुवुदु दसानायकेले शुक्रवार एकदिवसिय सिरिजका लागि १६ सदस्य रहेको टोलीको घोषणा गरिसकेका छन् ।

नेपालले एकदिवसिय सिरिजपछि जिम्वावेसँग तीन टी–२० खेलहरू खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर