एथलेटिक्सका २० खेलाडी एसियाडको लागि प्रारम्भिक छनोटमा – Nepal Press

एथलेटिक्सका २० खेलाडी एसियाडको लागि प्रारम्भिक छनोटमा

काठमाडौं। चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औँ एसियाली खेलकुदको एथलेटिक्सका लागि २० खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।

नेपाल एथलेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक छनोट गरेको एथलेटिक्सका केन्द्रीय सचिव आरके विष्टले जनाएका छन् ।

म्याराथनमा कृष्ण बस्नेत, खड्कबहादुर खड्का, नरेन्द्र रावत, होमलाल श्रेष्ठ, पुष्पा भण्डारी, विन्द्राधन्के श्रेष्ठ र रेखा विष्ट तथा १० हजार÷५ हजार मिटर दौडमा गोपीचन्द्र पार्की, दीपक अधिकारी, सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र फुलमती राना छनोट भए ।

५ हजार मिटर दौडमा मुकेशबहादुर पाल, गजेन्द्र राई र नागेश्वर अहिर तथा ८ सय÷१ हजार ५ सय मिटर दौडमा अजितकुमार यादव, सुनिल सुनुवार, सोमबहादुर कुमाल, तेजबहादुर कार्की र सन्जिव नेपाली रहेका छन् ।

एथलेटिक्स संघले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरेको दुई दिने छनोटमा २ सय ५० खेलाडीको सहभागिता रहेको सचिव विष्टले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर