मोरङ केराबारीमा वडा सदस्य उम्मेदवारको मृत्यु – Nepal Press

मोरङ केराबारीमा वडा सदस्य उम्मेदवारको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिका-२ वडा सदस्यमा उम्मेदवारी दिएका एक व्यक्तिको मृत्यु भएको छ ।

नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका नविन लिम्बूको शुक्रबार बिहान मृत्यु भएको हो ।

बिहीबार चुनावी अभियान सकेर घरमा आइ सुतेका उनी आज बिहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा लिम्बीको बाटोमै मृत्यु भएको हो ।
मृत्युको कारण खुलेको छैन । शव पोष्टमार्टमका लागि पठाइएको कार्कीले जानकारी दिए ।

चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले अर्को व्यक्तिको उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराउने कानुनी व्यवस्था छ। अब केराबारी २ मा नयाँ मनोनयन दर्ताका लागि समय थप हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *