कांग्रेससँग बीपीको मेनिफेस्टो नै छैन, गगनलाई ट्यूसन पढाउन सक्छु : कर्ण मल्ल – Nepal Press

कांग्रेससँग बीपीको मेनिफेस्टो नै छैन, गगनलाई ट्यूसन पढाउन सक्छु : कर्ण मल्ल

डडेलधुरा । डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्यूसन’ पढाउने सक्ने बताएका छन् । बिहीबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बीपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ ? भनेर थापालाई ट्यूसन पढाउन सक्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेससँग बीपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो अर्थात घोषणापत्र नै नभएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्यूसन पढाउनुपर्ने बताएका थिए ।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्यूसन पढाउन सक्छु,’ मल्लले भने ।

उनले बीपीले स्थापना गरेको मेनिफेस्टो र अहिलेको मेनिफेस्टो मिल्छ ? भनेर थापालाई ट्यूसन पढाउन र बहस गर्न सक्ने दाबी गरे ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए ।

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बीपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो ।

मल्लले आजै प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर