इस्माली जनताको सेवक बन्छु, भ्रष्टाचार हटाउँछु: खड्का – Nepal Press

इस्माली जनताको सेवक बन्छु, भ्रष्टाचार हटाउँछु: खड्का

गुल्मी । नेपाली कांग्रेसको तर्फबाट इस्मा गाउँपालिकाको अध्यक्षका उमेदवार भगत सिंह खड्काले आफुहरु इस्माली जनताको सेवक बन्ने बताएका छन् ।

गाउँपालिकाको वडा नम्बर २ मा चुनावी प्रचारप्रसारको सभालाई सम्बोधन गर्दै खड्काले इस्माली जनताले अवसरमा दिएमा आफुहरु जनताको सेवक बन्ने बताएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उमेदवार बनेका खड्काले पटकपटक मन्त्री र सांसद भएको इस्मा गाउँपालिका भ्रष्टाचारको गन्धले दुर्गन्धित भएको बताए ।

तीन दशकसम्म लगातार एउटा ब्यक्ति सत्तामा रहेर पनि इस्माली जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न नसकेको खड्काले बताए । ३० वर्षमा देशमा थुप्रै व्यवस्था फेरिएर नयाँ व्यवस्था आएपनि इस्मा गाउँपालिकामा जनताको अवस्था नबदलिएको बताए ।

खड्काले आफुहरुसँग इस्मा गाउँपालिकालाई नमुनाका रुपमा अगाडि बढाउन थुप्रै योजना रहेको बताए । भ्रष्टाचारको अन्त्य गरि रोजगारीको सिर्जना गरेर गाउँपालिकालाई समृद्ध बनाउने योजनाहरु आफुसँग रहेको खड्काको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर