पार्टी कारबाहीपछि कर्ण मल्लले गरे प्रदेश सांसदबाट राजीनामा घोषणा – Nepal Press

पार्टी कारबाहीपछि कर्ण मल्लले गरे प्रदेश सांसदबाट राजीनामा घोषणा

काठमाडौं । नेपाली कांग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् ।

बिहीबार डडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।

‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन,’ पत्रकार सम्मेलन गर्दै उनले भने,‘आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर