फुटबल विवाद : सिनियर खेलाडीलाई टिमबाट फालिने भएपछि ग्रुपिजम भयो- एन्फा पदाधिकारी – Nepal Press

फुटबल विवाद : सिनियर खेलाडीलाई टिमबाट फालिने भएपछि ग्रुपिजम भयो- एन्फा पदाधिकारी

काठमाडौं । केही सिनियर खेलाडी टिममा नपर्ने संकेत पाएपछि उनीहरू बन्द शिविरबाट बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का एक पदाधिकारीले आरोप लगाएका छन् ।

‘खेलाडीहरू सधैँ भरि टिममा रहिरहनु पर्छ भन्ने मानसिकता देखियो । अहिलेको घटना पनि त्यही हो जस्तो देखिएको छ । त्यसबारे बुझ्ने काम भइरहेको छ’, एक एन्फा पदाधिकारीले भने ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असन्तुष्ट ९ जना खेलाडीले मङ्गलवार टिम बस्दै आएको होटेल छाडेका थिए ।

‘मङ्गलवार साँझ टिम मिटिङ सकिएको केही बेरमा ती खेलाडीहरूले होटेल छाडेको बुझिएको छ’, ती पदाधिकारी भन्छन् । तर को को खेलाडी टिम बाहिर हुने भएपछि ग्रुपिज्म भएको हो भन्नेबारे उनले केही खुलाउन चाहेनन् ।

असन्तुष्ट खेलाडीहरूले बुधवार दिउँसो अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीहरूसँग भेटघाट पनि गरेका थिए । अञ्जन विष्ट, अनन्त तामाङ, सुजल श्रेष्ठ, सुमन लामालगायत खेलाडीले बन्द शिविर छाडेको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर