एनभीए लिगका लागि भलिबल संघ र जनरल इन्स्योरेन्सबीच ९ करोडको बिमा सम्झौता – Nepal Press

एनभीए लिगका लागि भलिबल संघ र जनरल इन्स्योरेन्सबीच ९ करोडको बिमा सम्झौता

काठमाडौं । नेपाल भलिबल संघले आसन्न आरबीबी (एनभीए) राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगका लागि जनरल इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

संघले छैटौँ संस्करणको लिगका लागि संघले जनरल इन्स्योरेन्ससँग ९ करोड बराबरको बिमाका लागि सम्झौता गरेको हो ।

संघका उपाध्यक्ष निरोज मास्के र इन्स्योरेन्सका सिइओ रामचन्द्र श्रेष्ठले मङ्गलवार आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै प्रतियोगितामा सहभागी १२ टोलीका खेलाडी र अफिसियलको जनही ५ लाख बराबरको बीमा जनरल इन्स्योरेन्सले गरेको छ ।

छैटौँ संस्करणको क्लब भलिबल लिग वैशाख १८ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना हुनेछ ।

लिगमा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमको सहभागिता रहने छ ।

लिगको विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार साथै चौथोले ७५ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर