बरफमुनि पौडी खेलेर एम्बरले तोडिन् विश्व कीर्तिमान – Nepal Press

बरफमुनि पौडी खेलेर एम्बरले तोडिन् विश्व कीर्तिमान

काठमाडौं । दक्षिण अफ्रिकाको एक पौडी खेलाडीले सोच्नै नसकिने स्टन्ट पूरा गरेर सबै रेकर्ड तोडेकी छिन् ।

एम्बर फिलारीले हिउँमुनि २९५ फिट तीन इन्चको दुरी पौडी खेलेर दोस्रो पटक गिनिज वल्र्ड रेकर्ड बनाएकी हुन्। उनले यो स्टन्ट कोङ्ग्सबर्गमा पखेटा वा डाइभिङ सूट बिना पूरा गरेकी गरिन् ।

न्युल्यान्ड्समा हुर्केकी एम्बर भन्छिन्, ‘पौडी खेल्नु अघि अविश्वसनीय रूपमा नर्भस भए तापनि चिसो पानी भित्र पसेपछि उनको लागि सबै ठीक भयो।’

एम्बरले यो स्टन्ट गर्नु अघि दक्षिण अफ्रिकाका प्रशिक्षकहरूसँग धेरै महिना प्रशिक्षण गर्नुका साथसाथै फ्री डाइभिङ र सास होल्डिङ प्रविधिहरू पनि सिकेकी थिइन्। एम्बरले तीन मिनेट र ४७ सेकेन्डमा १०९.४५ मिटरको दूरी पार गर्दै सबैभन्दा लामो पानीमुनि हिँड्ने कीर्तिमान राखेकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर