सेयर बजारमा करेक्सन, ३४ अंकले घट्यो – Nepal Press

सेयर बजारमा करेक्सन, ३४ अंकले घट्यो

काठमाडौँ । लामो समयदेखि घटेको सेयर बजार हिजो वृद्धि भएपनि आज करेक्सन भएको छ । आज सेयर बजार आज ३४.९५ अंकले घटेको हो । १.४४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २३८६.०१ बिन्दुमा आइपुगेको छ ।

साताको पहिलो दिन हिजो ९५ अंकले बजार वृद्धि भएको थियो ।

२ अर्ब ४ करोड २२ लाख ५३ हजारको सेयर कारोबार भएको छ । २ सय ३९ वटा कम्पनीका ५० लाख ४७ हजार ७ सय ६९ कित्ता सेयर आज कारोबार भएको छ ।

बजार घटेको दिन पनि आज जाल्पा सामुदायिक लघुवित्तको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ ।

सो कम्पनीको आज ९.९९ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हजार ८ सयको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *