घरेलु मैदानमा बार्साको लगातार तेस्रो हार, रियललाई च्याम्पियन हुन एक अंक आवश्यक – Nepal Press

घरेलु मैदानमा बार्साको लगातार तेस्रो हार, रियललाई च्याम्पियन हुन एक अंक आवश्यक

काठमाडौं । म्याड्रिड–स्पेनिस ला लिगा फुटबलको यो सिजन रियल म्याड्रिडले उपाधि जित्ने लगभग पक्का भएको छ। रियलले खेल्न बाँकी पाँच खेलमा एक अंक बटुले मात्र पनि उपाधि जित्नेछ।

आइतबार राति निकटतम प्रतिद्वन्द्वी बार्सिलोनाले रायो भाल्लेकानोसँग हार ब्यहोरेपछि रियल उपाधिबाट एक अंकले मात्र टाढा देखिएको हो। ३३ खेलपछि रियल ७८ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ६३ अंक छ।

बार्सिलोनाले घरेलु मैदानमा लगातार तेस्रो हार व्यहोरेको हो र एकै सिजन घरेलु मैदानमा लगातार तीन हार व्यहोरेको यो पहिलोपटक हो।

लगातार १५ खेलको अपराजित यात्रापछि बार्सिलोनाले एन्ट्र्याक्ट फ्रंयाकफर्टसँग हार ब्यहोरेको थियो। त्यसयता कार्डिज एफसीसँग पनि पराजय व्यहोरेको थियो। बार्सिलोनाले पछिल्ला चार खेलमध्ये तीनवटामा हार व्यहोरेको छ।

रियल ३५औँ पटक ला लिगा जित्ने प्रयासमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर