कांग्रेसले भन्यो- एमाले र माओवादी दुवै सर्वोच्चको आदेशबाट जन्मिएका पार्टी हुन् – Nepal Press

कांग्रेसले भन्यो- एमाले र माओवादी दुवै सर्वोच्चको आदेशबाट जन्मिएका पार्टी हुन्

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतबाट जन्मिएको टिप्पणी गरेको छ ।

स्थानीय निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई अवमूल्य, व्यंग्य र कटाक्ष गर्दै आएको सन्दर्भ उल्लेख गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख छ ।

‘नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् । सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ?’, कांग्रेसको प्रश्न छ ।

संकल्प पत्रमा एमाले नेता भीमबहादुर रावल, उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा पूर्व उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरू नै संसद पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भनी अदालत गएको सन्दर्भ पनि कांग्रेसले उल्लेख गरेको छ ।

प्रतिक्रिया

One thought on “कांग्रेसले भन्यो- एमाले र माओवादी दुवै सर्वोच्चको आदेशबाट जन्मिएका पार्टी हुन्

  1. काँग्रेस भारतकाे आदेशमा जन्मिएकाे पार्टी हाे । काँग्रस फुटाएर प्रजातान्त्रिक खाेलेका देउवाले अरूलाई भन्न लाज लाग्दैन ? कुन नाकले काँग्रेस हाे देउवा ? पदकाे लागि सुरा सुन्दरी, साँसद किनबेच, पार्टी फुटाउने,व्यवस्था दरबारमा बुझाउनेले फुर्ति लाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर