लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार – Nepal Press

लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार

काठमाडौं । लक्ष्मीबैंकले आफ्नो संजालविस्तार गर्ने क्रममाआफ्ना  दुई नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापनाभएका छन् ।

यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, लगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँतथावित्तीयपहुँचनपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवाविस्तार गर्दै आएको छ ।

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्गवामोवाईल बैंकिङ्ग सेवाप्रदान गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकमहानुभावलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *