बार्यनलाई तीन खेलअगावै बुन्डेसलिगाको उपाधि – Nepal Press

बार्यनलाई तीन खेलअगावै बुन्डेसलिगाको उपाधि

काठमाडौं । बुरोसिया डर्टमन्डलाई ३–१ गोलको नतिजामा पराजित गर्दै बायर्न म्युनिखले तीन खेलअगावै जर्मन बुन्डेस्लिगाको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा बराबरी भएपनि बार्यनले लिग जित्ने समीकरण थियो । बार्यनले बुन्डेस्लिगाको उपाधि जितेको यो लगातार १०औं पटक हो ।

खेलको १५औं मिनेटमा सेर्गी गनाब्रीले गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोवस्कीले ३४औं मिनेटमा बार्यनको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफमा दुई गोलले पछि परेको डर्टमन्डका लागि ५२औं मिनेटमा इमरी क्यानले पहिलो गोल गरेका थिए । बार्यनकालागि खेल सकिन तीन मिनेट बाँकि रहँदा जमल मुसियालाले बायर्नका लागि विजयी गोल गरे ।

बार्यनले ३१ खेलबाट ७५ अंक जोड्दै शिर्ष स्थानमा १२अंकको अग्रता बनाएको छ । जुन दोस्रो स्थानको डर्टमन्ड भन्दा १२ अंक बढी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर