कृषि उत्पादनमा युवा आकर्षित भएमात्रै देश समृद्धिको बाटोमा अघि बढ्छ : ऊर्जामन्त्री भुसाल – Nepal Press

कृषि उत्पादनमा युवा आकर्षित भएमात्रै देश समृद्धिको बाटोमा अघि बढ्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताएकी छन् ।

नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलन उद्घाटन गर्दै मन्त्री भुसालले नयाँ पुस्तालाई उत्पादनसँग जोड्न ७५३ वटै स्थानीय तहमा युवा उद्यमीको संस्था विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

उनले आयात निरुत्साहित र निर्यात प्रवर्द्धन गर्न उत्पादन विस्तार गर्नुपर्ने र त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्ने बताइन् ।
कृषि उत्पादनमा युवा आकर्षित भएमात्रै देश समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ । युवा पुस्तालाई सङ्गठित गरेर उद्यममा प्रेरित गर्नुपर्ने उनले बताइन् ।

देशले वर्सेनि तीन खर्ब रुपैयाँ बराबरको कृषिजन्य सामग्री आयात गर्नुपरेकाले कृषि उत्पादन तथा उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्ने मन्त्री भुसालले औंल्याइन् ।

कार्यक्रममा मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमशीलतामा जोड्न आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *