एसियन गेम्समा नेपाल सहभागी हुने २३ मध्ये १९ खेलको आधार १३ औँ सागको स्वर्ण र रजत – Nepal Press

एसियन गेम्समा नेपाल सहभागी हुने २३ मध्ये १९ खेलको आधार १३ औँ सागको स्वर्ण र रजत

काठमाडौं । नेपालले आगामी सेप्टेम्बरमा चीनको होङ्झाउ सहरमा आयोजना हुने एसियाली खेलकुदका २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रवार सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

सहभागी हुने निर्णय गरिएकामध्ये १९ खेल गत १३ औँ दक्षिण एसियाली खेलकुदमा कम्तीमा रजत पदक हात पारेका आधारमा लिइएको राखेपले जनाएको छ ।
त्यसबाहेक महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय सफलताको आधार मानिएको छ ।

नेपाल टिम गेम्सतर्फ महिला फुटबल, महिला कबड्डी, महिला ह्यान्डबल, बास्केटबल, महिला भलिबल र पुरुष क्रिकेटमा सहभागिता जनाउने छ । तेक्वान्दो, कुस्ती, आर्चरी, कराँते, भारत्तोलन, बक्सिङ, जुडो, एथलेटिक्स, पौडी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, उसु, टेबल टेनिस र गल्फमा पनि नेपाल सहभागी हुने बोर्ड बैठकले गरेको छ ।

एसियन गेम्समा नेपालबाट अनुमानित एक सय ५० खेलाडी सहभागी हुनेछन् । २८ जना प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान गरिएको छ । सहभागी हुने भनिएका सबै खेलमा खेलाडी छनोटको तयारी सुरु भइसकेको सदस्यसचिव घिसिङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर