उम्मेदवार टुंग्याउन डाकिएको कांग्रेस कार्यसम्पादन बैठक अचानक स्थगित – Nepal Press

उम्मेदवार टुंग्याउन डाकिएको कांग्रेस कार्यसम्पादन बैठक अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आजको बैठकमा स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउने मुख्य एजेण्डा थियो ।

दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । बैठक भोलि बिहान ११ बजे तय गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर