उपकार लघुवित्तको आइपिओ बाँडफाँट – Nepal Press

उपकार लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट भएको छ ।

कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज सेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २ करोड ३६ लाख २५ हजार मूल्य बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । बाँडफाँटमा बाँकी ६ कित्ता सेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एक एक कित्ताका दरले बाँडिएको छ ।

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा जारी पुँजीको २८१ कित्ता सेयर कर्मचारीलाई र निष्कासित सेयरको ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको थियो ।

बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *