महिला गोल्डकपः पुलिस फाईनलमा – Nepal Press

महिला गोल्डकपः पुलिस फाईनलमा

धनगढी । विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

विहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० गोलको नतिजामा पराजित गर्दै पुलिसले फाईनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।

पुलिसलाई फाईनलमा पुराउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरी सकएको खेलको ४९औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाइन् । पुलिसको अग्रता दोब्बर पार्न ५६औं मिनेटमा रेखाले गोल गरिन् ।

खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तीगत गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाईन् । त्यसपछि निर्धारित समयसम्म पनि थप गोल हुन सकेन ।

वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिताको फाइन खेल शनिबार साँझ साढे ६ बजे हुनेछ । फाइनलमा दुई विभागीय टोली एफिएफ र पुलिस भिड्नेछन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर