बाँकी सबैलाई कोभिड-१९ विरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह – Nepal Press

बाँकी सबैलाई कोभिड-१९ विरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकी रहेका सबै नागरिकहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएकोले र खोप लगाएको ३ महिना पुरा भएपछि बुस्टर मात्रा खोप लगाउन बाँकी सबैलाइ खाेप लगाउन आग्रह गरेको छ ।

साथै कोभिडको संक्रमणदर भारत लगायतका छिमेकी मुलुकमा पछिल्ला केहि दिनमा बढेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *