रियाललाई लालिगा उपाधि जित्न चार अंक आवश्यक – Nepal Press

रियाललाई लालिगा उपाधि जित्न चार अंक आवश्यक

काठमाडौं । रियाल मड्रिडलाई ३५औं लालिगा उपाधि जित्न मात्रै चार अंकको अवश्यकता छ । बुधबार राति भएको खेलमा बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न नसके पनि ओसासुना लाई ३–१ गोलको नजितामा पराजित गर्दै रियालले शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो ।

खेलको १२औं मिनेटमा डेबिड अलावाको गोलमा अग्रता लिएको थियो ।

त्यसको एक मिनेट नबित्दै ओसाउनाका बुडिमिरले बराबरी गोल गरेका थिए । रियालका लागि मार्को एसेन्सियोले ४५औं मिनेटमा दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा बनाएको अग्रतालाई कायम राख्दै रियालका लागि दोस्रो हाफको इनजुरी समयमा लुकाज भास्केजले गोल गर्दैे जित सुनिश्चित गरे ।

जितसँगै रियालले ३३ खेलबाट ७८ अंक जोड्दै शीर्ष स्थानमा १७ अंकको अग्रता कायम गरेको छ । जारी लिगमा बाँकी ५ खेलमा रियालाई उपाधि जित्न पछिका दई खेलमा जित तथा ४ अंक आवश्यक छ । एक खेलमा जित र एक खेल बराबरी भए पनि उपाधि जित्नेछ ।

दोस्रो स्थानको एट्लेटिको मड्रिको ६१ अंक रहेको छ भने ६० अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर