कर्णाली सरकारको कामको फेहरिस्त- ९ महिनाको विकास खर्च १८ प्रतिशत मात्र (पूर्णपाठ) – Nepal Press

कर्णाली सरकारको कामको फेहरिस्त- ९ महिनाको विकास खर्च १८ प्रतिशत मात्र (पूर्णपाठ)

मुख्यमन्त्री भन्छन्- अर्को पटकदेखि अबण्डा (डल्लो) बजेट राख्दैनौं

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिना पूरा भइसक्दा पुँजीगततर्फ १७.९४ मात्र खर्च गरेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आफूले गरेका काम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चालुतर्फ २७.७० प्रतिशत खर्च भएको जानकारी गराइयो । लक्ष्यको तुलनामा आर्थिक वर्ष सकिन ३ महिनाबाट ओरालो लाग्दा २१.८० प्रतिशत मात्र प्रगति गरिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को अहिलेसम्म ६०.७३ प्रतिशत अर्थात ३६ करोड ४४ लाख राजश्व संकलन गरेको छ ।

मुख्यमन्त्री शाहीले गत कात्तिक १६ मा जिम्मेवारी सम्हालेका थिए ।

पत्रकार सम्मेलनमा शाहीले १७० किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको बताए । ३० किलोमिटर सडक स्तरोन्नति गरिएको छ भने ११.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत यस अवधिमा कुल ६१३ आवास निर्माण सम्पन्न भएका छन् भने ९७० इकाइ निर्माण कार्य सम्झौता भइ कार्यान्वयनमा रहेका छन् ।

आगामी आर्थिक वर्षदेखि कुनै पनि मन्त्रालयमा डल्लो बजेट (अबण्डा रकम) नराख्ने पनि उनले मुख्यमन्त्री शाहीले बताए ।

विविध शीर्षकबाहेक अन्य कुनैपनि मन्त्रालयमा अबण्डा बजेट भन्दै उनले भने, ‘आगामी आर्थिक वर्षदेखि मुख्यमन्त्री रोजगार कार्यक्रमका आयोजनाहरू बजेट किताबमै समावेश गर्ने गरेर वडास्तरबाट ५ वटा आयोजना सङ्कलन तथा प्राथमिकीकरण गरी सम्बन्धित स्थानीय तह र स्थानीय तहबाट प्राप्त आयोजनाहरू मध्ये निर्वाचित सांसदको संयोजकत्वमा रहेको समितिले सम्बन्धित जिल्लाका सामाजिक विकास कार्यालयहरुमार्फत तीन आयोजनाको छनौट तथा प्राथमिकीकरण गरी मुख्यमन्त्री कार्यालयमा पठाउन कार्यविधि संशोधन तथा स्थानीय तहहरूलाई पत्राचार गरिएको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *