प्युठानको ऐरावतीमा पनि तोडियो गठबन्धन, सबै दल सिंगल–सिंगल चुनाव भिड्ने सहमति – Nepal Press

प्युठानको ऐरावतीमा पनि तोडियो गठबन्धन, सबै दल सिंगल–सिंगल चुनाव भिड्ने सहमति

रूपन्देही । भागबण्डा नमिलेपछि प्युठानको ऐरावती गाउँपालिकामा सत्तागठबन्धनमा आबद्ध दलहरुले अलग–अलग चुनाव लड्ने निर्णय गरेका छन् । उनीहरुले चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् ।

बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा विज्ञप्तिमा कांग्रेस नेताहरु अमरबहादुर रेस्मी र दामु विक, राजमोका टंकप्रसाद पाण्डे र कृष्णप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका द्रोण प्रसाद पाण्डे र भिमेस कुमार घर्तीमगर, नेकपा एकीकृत समाजवादीका प्रेम जीसी तथा जनता समाजवादी पार्टीका दामोदर गिरी र माधव जीसीले हस्ताक्षर गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ऐरावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नविलविक्रम शाह र उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएका थिए ।

यसअघि झिमरूक गाउँपालिकामा जनमोर्चाविरूद्व माओवादी र कांग्रेसले गठबन्धन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर