नयाँ बस्ती क्लबलाई तीन लाख जरिवाना- खेलाडी र क्लब पदाधिकारीलाई प्रतिबन्ध – Nepal Press

नयाँ बस्ती क्लबलाई तीन लाख जरिवाना- खेलाडी र क्लब पदाधिकारीलाई प्रतिबन्ध

काठमाडौं । मध्यपुर यूथ क्लबसँग पराजित भएपछि सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अनुशासनहीन कार्यमा संलग्न रहेको भन्दै नयाँ बस्ती यूथ क्लबलाई तीन लाख जरिवाना गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लिग कमिटीको सोमबार बसेको बैठकले क्लबलाई जरिवाना गर्ने र क्लबका अफिसियल श्री बहादुर योगीलाई एन्फाले सञ्चालन गर्ने फुटबल गतिविधिमा दुई वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाइएको छ ।

गत चैत्र २६ गते भएको खेलमा मध्यपुरसँग ३–१ गोलको नतिजामा पराजित भएपछि क्लबका खेलाडी तथा पदाधिकारीले एन्फा कम्प्लेक्समा म्याच अफिसियललाई गाली गर्नुका साथै एन्फाको भौतिक सम्पत्ति तोडफोड गरेका थिए ।

बि डिभिजन लिगमा नयाँ बस्तीले ११औँ स्थानमा रहँदै लिग सेकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर