निलम्बन कारबाहीविरुद्ध गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ हुँदै – Nepal Press

निलम्बन कारबाहीविरुद्ध गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि सर्वोच्चमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको छ ।

आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरू राखेको भन्दै अधिकारीले सो प्रक्रिया नै खारेजीको माग गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आफूलाई सहयोग नगरेको र अति गोप्य सूचना बाहिर पठाएको भन्दै चैत २४ गते मन्त्रिपरिषद् बैठकमार्फत गभर्नर अधिकारीलाई निलम्बन गराएका थिए ।

अधिकारीमाथि जाँचबुझका लागि सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *