दुई दिनमै ७१ अंकले घट्यो नेप्से – Nepal Press

दुई दिनमै ७१ अंकले घट्यो नेप्से

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । नयाँ वर्ष २०७९ को सुरुआतसँगै नेप्से झन् ओरालो लागेको हो । पछिल्लो दुई दिनमा मात्रै नेप्से ७१ अंकले घटेको छ ।

नयाँ वर्ष सुरु भएपछि सेयर कारोबार सुरु भएको पहिलो दिन हिजो ३० र आज ४१ अंक गरी ७१ अंकले सेयर बजार घटेको हो । आज १.७५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २३४३ अंकमा आएको हो ।

१ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९ सय रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । २ सय २९ वटा कम्पनीका ३८ लाख ७६ हजार ३ सय २ कित्ता सेयर खरिद बिक्री भएको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य नेष्डो समृद्ध लघुवित्तको बढेको छ । सो लघुवित्तले सेयर मूल्यमा पोजेटिभ सर्किट हानेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै सेयर कारोबार नबिल बैंकको भएको छ । सो बैंकको आज ४ करोड ९६ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *