मत्थर हुँदै कोरोना संक्रमण, देशभर १० जना थपिए संक्रमित – Nepal Press

मत्थर हुँदै कोरोना संक्रमण, देशभर १० जना थपिए संक्रमित

काठमाडौं । नेपालमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय पीसीआर परीक्षणमा ९ जना र एक हजार ९१ एन्टीजेन परीक्षणमा एकजना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार पनि कोरोना संक्रमणका कारण कसैको मृत्यु भएका छैन ।

पछिल्लो २४ घन्टामा ३४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार ३७३ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३५० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *