त्रिभुवन विमानस्थलको समस्या सुधार्न गृहमन्त्रीको निर्देशन – Nepal Press

त्रिभुवन विमानस्थलको समस्या सुधार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर जानकारी लिएका छन् ।

खाणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएका हुन् ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी सहभागी थिए ।

प्रवक्ता पोखरेलले सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएको बताए । ‘माननीय मन्त्रीज्यूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिनुभयो,’ प्रवक्ता पोखरेलले भने, ‘विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिने व्यवस्था मिलाउन पनि मन्त्रीज्यूबाट निर्देशन भएको छ ।’

त्यस्तै गृहमन्त्री खाणले विमानस्थलभित्र रहेका बैंकका एटीएम मिसिन बिग्रिएर यात्रुहरूले दुःख पाइरहेको गुनासो आइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पनि निर्देशन दिए । उनले तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *