१७ जिल्लामा काेराेना शून्य संक्रमित, आज १२ जना थपिए – Nepal Press

१७ जिल्लामा काेराेना शून्य संक्रमित, आज १२ जना थपिए

काठमाडौं । नेपालमा आइतबार थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ५० पीसीआर परीक्षण गर्दा ११ जना र ७ सय ३० एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार कोरोनाका कारण कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३९ जना निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाको शून्य संक्रमित भएका जिल्ला १७ पुगेका छन्। स्वास्थ्यमन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन्।

साथै हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आइसीयूमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *