देशभर थपिए ९ संक्रमित, ४४ जना संक्रमण मुक्त – Nepal Press

देशभर थपिए ९ संक्रमित, ४४ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४३ जनाको नमुनाको परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *