महिला गोल्ड कपको तयारी पुरा : उद्घाटन खेलमा पुलिस र चन्द्रपुर भिड्ने – Nepal Press

महिला गोल्ड कपको तयारी पुरा : उद्घाटन खेलमा पुलिस र चन्द्रपुर भिड्ने

काठमाडौं । प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबलको तयारी पुरा भएको छ ।

शनिवार देखी धनगढीमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खलमा विभागीय पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको प्रतियोगिता वैशाख १० गतेसम्म आयोजना हुनेछ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहेको छ ।

गोल्ड कपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर