क्रिकेटर र युट्यूवरको निकटता, के वर्षाको प्रेममा भिज्दैछन् करण ? – Nepal Press

क्रिकेटर र युट्यूवरको निकटता, के वर्षाको प्रेममा भिज्दैछन् करण ?

काठमाडौ‌ । मैदानमा चौका र छक्काको वर्षा गर्ने क्रिकेटर करण केसीको जीवनमा प्रेमको वर्षा हुन थालेको चर्चाले यतिबेला गसिप बजार गर्माएको छ ।

चर्चित युट्यूवर/सिने पत्रकार वर्षा बस्नेतसँग उनको निकटतालाई धेरैले अफेयरका रूपमा बुझ्न थालेका छन् ।

निकटस्थ स्रोतका अनुसार केही समयदेखि गुपचुप प्रेममा छन् वर्षा र करण । उनीहरू अहिले आफ्नो सम्बन्ध ‘डिस्क्लोज’ गर्न चाहँदैनन् तर लुकाउन पनि सकिरहेका छैनन् । सामाजिक सञ्जालका विभिन्न पोस्टहरूले उनीहरू प्रेममा रहेको छनक मिलिरहेको छ ।

केही दिनअघि एकै पटक वर्षा र करणले आफ्नो इन्स्टा स्टोरीमा फरक–फरक तस्बिर हाले । करणले हालेको तस्बिरमा आपसमा बाँधिएका स्त्री र पुरुषका दुई हात मात्रै देखिएको थियो । क्याप्सनमा लभ इमोजीसहित ‘बेटर टुगेदर’ लेखेका थिए करणले ।

उक्त तस्बिरमा देखिएको स्त्री हात उनै वर्षाको भएको दुवैको फ्रेन्ड लिस्टमा हुनेहरूले लख काटे । वर्षाले त्यही दिन हालेको आफ्नो तस्बिरमा उनले लगाएको लुगा र करणले तस्बिरमा स्त्री हातले लगाएको लुगा म्याच भएको थियो ।

 

यस्तै, आजै उनीहरु दुवैले आ–आफ्नो स्टोरीमा एउटै लोकेसनका फरक तस्वीर हालेका छन् । रेडमड कफीमा खिचिएको फोटो उनीहरुले एकसाथ सेयर गरेका हुन् ।

करणले हालेको तस्वीरमा उनी मात्रै देखिएका छन् । वर्षाले हालेको तस्वीरमा दुईजनाको हात देखिएको छ र करणको ज्याकेट म्याच भएको छ ।

वर्षाले हालेका विभिन्न पोस्टहरूमा करणसँग नाम जोडेर कमेन्टहरू आउन थालेका छन् । कतिपयले वर्षालाई ‘भाउजू’ भनेर लेख्नसमेत भ्याएका छन् । वर्षाका पोस्टमा क्रिकेट खेलाडीहरूले पनि कमेन्ट गरेको भेटिन्छ ।

वर्षा र करण भने आफूहरू असल साथी मात्र भएको बताउँछन् । नेपाल प्रेससँगको कुराकानीमा वर्षाले भनिन्, ‘बाहिर आएको सबै हल्ला मात्रै हो । हामीबिच त्यस्तो केही पनि छैन ।’

तस्बिरमा लुगा म्याच भएको कुरा पनि उनले इन्कार गरिन् ।

‘उहाँले हालेको तस्बिरमा देखिएको हात मेरो होइन,’ वर्षाले टक्टकिँदै भनिन्, ‘मेरोजस्तो लुगा अरूले पनि लगाएको हुन सक्छ नि ।’

यद्यपि, निकटस्थ स्रोतले भने उनीहरू प्रेममा नै रहेको दाबी गरेको छ । पहिले क्रिकेट खासै नरुचाउने वर्षा आजकाल क्रिकेट हेर्न मैदानमै पुग्ने गरेकी छन् । हिजो उनीहरू दुवैले एकै पटक पशुपति मन्दिरको आरतीको फोटो आ–आफ्नो स्टोरीमा हालेका थिए ।

३० वर्षीय करण नेपालका कीर्तिमानी क्रिकेटर हुन् । हालै उनले टी–२० मा ह्याट्रिकसहित ५ विकेट लिएर नयाँ रेकर्ड राखेका थिए । उनी विस्फोटक ब्याटिङका लागि चिनिन्छन् ।

वर्षा चाहिँ खेलकुदबाट टाढा छन् । उनी सिने पाटी युट्यूव च्यानल चलाएर चर्चामा आएकी हुन् । फिल्मी क्षेत्रका सेलिब्रिटीहरुसँग उनी नजिक छन् । साथै, टिकटकमा पनि उनका प्रशस्त फलोअर्स छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर