रन सुजले ल्यायो २५ मोडलका नयाँ जुत्ता, विदेश निर्यातको तयारी – Nepal Press

रन सुजले ल्यायो २५ मोडलका नयाँ जुत्ता, विदेश निर्यातको तयारी

काठमाडौं । नयाँ वर्षमा रनको नयाँ मोडेलका जुत्ता बजारमा आएको छ । रन सुज ईण्डष्ट्रिजले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्टस्मा १५ नयाँ मोडलका र पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्टस् सुजमा युवालगायत सबै उमेर समूहसम्मका डिजाईनहरु रहेका छन् ।

स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामासमेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए ।

रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरिय कच्चा पदार्थहरुको प्रयोग गरी बनाईएको, लचिलो सोलका साथै चार एमएमको लचकदार इनसोलको प्रयोग गरि निकै आरामदायी रहेको कम्पनीले जनाएको छ । रनका जुत्ताहरुमा ग्राहकहरुले ६ महिनाको वारेन्टीसमेत पाउने गरेका छन् ।

रन सुजको उपत्यका बाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ्ग, नेपालगञ्ज, अत्तरिया, धनगढी लगायत स्थानहरुमा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुमसहित ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ र चाँडै निर्यातको तयारीमा कम्पनी लागेको छ ।

उद्योगले हाल ६ सयभन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस शुज, क्याजुअल सुज, लोफर, स्कुल÷कलेज सुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *