होटल र्‍याडिसनमा शैक्षिक मेला, भारतका ३५ भन्दा बढी विश्वविद्यालय सहभागी – Nepal Press

होटल र्‍याडिसनमा शैक्षिक मेला, भारतका ३५ भन्दा बढी विश्वविद्यालय सहभागी

काठमाडौं । काठमाडौंस्थित होटल र्‍याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ ।

अफेयर्स एजुकेशन एन्ड मिडिया प्रालिले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरुको बारेमा जानकारी प्रदान गरिनेछ ।

नेपाली विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरेको हो । शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरु, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरुबारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइनेछ ।

भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरुसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरुको जानकारी हासिल गर्न सक्नेगरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *