केजिएफका लागि बिहान ३ बजेदेखिको शो सबै सोल्ड आउट, ए मेरो हजुर ४ को शो भने ७ बजेबाट – Nepal Press

केजिएफका लागि बिहान ३ बजेदेखिको शो सबै सोल्ड आउट, ए मेरो हजुर ४ को शो भने ७ बजेबाट

काठमाडौं । केजिएफ च्याप्टरका भोलिका सबै शोहरू मल्टिप्लेक्सहरूमा सोल्ड आउट भएको छ ।

शो सोल्ड आउट भएपछि मल्टिप्लेक्सहरूले बिहानको शोहरू पनि थपेका थिए ।

उक्त शोहरू पनि सोल्ड आउट भइसकेको बताइएको छ ।

बिग सिनेमामा केजिएफ च्याप्टरको सबै शो प्याक भएपछि बिहानको ४ बजेको शो थपिएको थियो । तर, उक्त शो पनि सोल्डआउट भइसकेको छ ।

साथै एफक्युब सिनेमा केएल टावरमा बिहान ३ बजे, ३:४५ बजे र ४ बजेको शो चलाइएको छ ।

तर, यी शोहरू पनि सोल्ड आउट हुने तरखरमा रहेको नेपालका लागि वितरक कम्पनी बैंकटेस फिल्मका एक प्रतिनिधिले बताए ।

यसरी बिहान ३ बजेको शो नेपाली हलहरूको इतिहासमै पहिलो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *