‘ए मेरो हजुर ४’ को प्रिमियरमा नीर शाहदेखि बालेनसम्म (तस्बिरहरु) – Nepal Press

‘ए मेरो हजुर ४’ को प्रिमियरमा नीर शाहदेखि बालेनसम्म (तस्बिरहरु)

काठमाडौं । नयाँ वर्षको शुभारम्भसँगै प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुर ४ को प्रिमियर भएको छ ।

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिकामा रहेको चलचित्र वैशाख एक गतेबाट प्रदर्शनमा आउँदै छ ।

चलचित्रको प्रिमियरमा विभिन्न कलाकारहरूको सहभागिता रहेको छ । काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका र्यापर बालेन शाहदेखि वरिष्ठ कलाकार नीर शाहसम्म प्रिमियरमा सहभागी छन् ।

यस्तै अनुराधा कोइराला, स्वस्तिमा खड्का, सुपुस्पा भट्ट, दीपकराज गिरी, भुवन केसी, अशोक शर्मा र सुशील श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *