सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त – Nepal Press

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् ।

आज बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस अघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्यौपानेले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिन्निछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *