सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता – Nepal Press

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता भएको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा २०७८ चैत्र २८ गतेको दिनदेखि सिमित समयको लागी डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु १ हजारसम्मको छुट प्राप्त गर्न सक्ने छ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेबिट कार्डको लागि आवेदन दिन सक्ने छन् ।

यस सम्झौताले बैंकका ग्राहकहरुले नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *