भिल्लारियाल च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन बाहिरियो – Nepal Press

भिल्लारियाल च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन बाहिरियो

काठमाडौं । बार्यन म्युनिखमाथि समग्रमा २–१ गोलको नतिजामा जित निकाल्दै भिल्लारियाल सन् २००५–६ पछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

पहिलो लेगमा बायर्नलाई १–० ले पराजित गरेको भिल्लायिालले दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

रोबर्ट लेवान्डोवस्कीले ५२ औं मिनेटमा गोल गर्दै खेललाई समग्रमा १–१ बराबरीको स्थितिमा ल्याए ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा सामुयल चुक्केजेको गोलमा भिल्लारियाल खेलमा भिल्लारियालले समग्रमा २–१ को अग्रतासहित जित सुनिश्चित गर्यो ।

बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरएको यो लगातार दोस्रोपटक हो । गत सिजन पेरिस सेन्ट जर्मन (पिएसजी)सँग पराजित भएसँगै बायर्नको यात्रा अन्तिम आठमा सीमित बनेको थियो ।

भिल्लारियालले लिभरपुल र बेन्फिकाको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर