एनआईसी एशिया बैंकका सीईओ म्यानेजर अफ दि इअर अवार्ड २०२२ बाट सम्मानित – Nepal Press

एनआईसी एशिया बैंकका सीईओ म्यानेजर अफ दि इअर अवार्ड २०२२ बाट सम्मानित

काठमाडौं । एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘म्यानेजर अफ दि इअर अवार्ड २०२२ बाट सम्मानित गरेको छ ।

शनिबार राजधानीमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै म्यानेजर अफ दि इअरका विजेता न्यौपानेले व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारी प्रति कृतज्ञता जाहेर गरे ।

उनले नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहकसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन उनको नेतृत्वमा बैंक सफल भएको छ ।

उनी राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’बाट समेत सम्मानित भएका थिए ।

बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *