एमालेको आरोप- हामीले छाडेको सबल अर्थतन्त्र गठबन्धन सरकारले ध्वस्त पार्‍यो (सूचकसहित) – Nepal Press

एमालेको आरोप- हामीले छाडेको सबल अर्थतन्त्र गठबन्धन सरकारले ध्वस्त पार्‍यो (सूचकसहित)

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ९ महिनाअघि आफूहरूले छाडेको सबल र सुदृढ अर्थतन्त्रलाई गठबन्धन सरकारले तहसनहस बनाएको आरोप लगाएको छ ।

एमालेका तीनजा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गरी ९ महिनामै अर्थतन्त्र तहसनहस बनाइएको र प्रतिस्थापन बजेटमार्फत विकासका कामसमेत अवरुद्ध पारिएको आरोप लगाएका हुन् ।

एमालेले आफूहरूले छाड्दा र अहिलेको अर्थतन्त्रका सूचकहरू समेत सार्वजनिक गर्दै सबै क्षेत्र नकारात्मक रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले विदेशी मुद्रा सञ्चिती ऋणात्मक हुन लागेका बेला सरकारले तस्करी प्रयोजनका लागि विभिन्न सामान आयात खुलाएको आरोप लगाए ।

एमालेले अर्थतन्त्रबारे सार्वजनिक गरेको वक्तव्य यस्तो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर