हारको झोकमा रोनाल्डोले फुटाए समर्थकको मोबाइल, मागे माफी – Nepal Press

हारको झोकमा रोनाल्डोले फुटाए समर्थकको मोबाइल, मागे माफी

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति म्यानचेस्टर युनाइटेडले एभर्टनसँग १–० गोलको हार व्यहोरेपछि क्रिस्टियानो रोनाल्डोले एक समर्थकको मोबाइल फुटाएका छन्।

एभर्टनको मैदानमा भएको खेल सकिएपछि मैदानबाट बाहिरिने क्रममा रोनाल्डोले एक समर्थकको मोबाइल भुँइमा झारेर फुटाइदिएका थिए। त्यसको केही समयमा फुटेज भाइरल भएपछि रोनाल्डोले माफी मागेका छन्।

‘कठिन अवस्थामा इमोसनलाई नियन्त्रण गर्न सजिलो हुँदैन’, रोनाल्डोले सामाजिक सन्जालमार्फत भनेका छन्। पछिल्लो हारसँगै म्यानचेस्टर युनाइटेडको आगामी सिजन युरोपियन च्याम्पियन्स लिमा छनोट हुने सम्भावना कमजोर बनेको छ।

‘३१ खेलबाट ५१ अंक भएको म्यान युनाइटेड सातौं स्थानमा छ। उसले पछिल्ला ५ लिग खेलमा २ हार, २ बराबरी र एक जित हात पारेको छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलबाट ७३ अंक छ। चौथो स्थानमा रहेको टोट्टनहामको ३१ खेलबाट ५७ अंक छ।

सन् २०१८ यता युरोपियन च्याम्पियन्स लिग जित्न नसकेको ३७ वर्षीय रोनाल्डो यसै सिजन म्यान युनाइटेड भित्रिएका हुन्। तर उनको प्रदर्शन अपेक्षाकृत रहन सकेको छैन। उनले घरेलु लिगमा यो सिजन १२ गोल र ८ असिस्ट गरेका छन्। लिभरपुलका मोहम्मद सलाहको नाममा २० गोल र १० असिस्ट छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर