प्रो क्लब च्याम्पियनसिप क्रिकेट : उत्तर प्रदेश क्लब–११ र त्रिभुवन आर्मी विजयी – Nepal Press

प्रो क्लब च्याम्पियनसिप क्रिकेट : उत्तर प्रदेश क्लब–११ र त्रिभुवन आर्मी विजयी

रुपन्देही । भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा शनिवारका दुई खेलमा उत्तर प्रदेश क्लब–११ र त्रिभुवन आर्मी क्लब विजयी भएको छन् ।

प्रिन्स शाहीको उत्कृष्ट बलिङमा उत्तर प्रदेशले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी, बङ्गलादेशमाथि ८ विकेटको सहज जित निकाल्यो । ७८ रनको विजयी लक्ष्य उत्तर प्रदेशले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

उसका लागि विवेक सिंहले ३३ बलमा ५ चौकासहित ३५ रनमा अविजित रहे । कप्तान शुभम चौधरीले १५ बलमा ३ चौकासहित १७ रनमा अविजित रहे । राहुल कुमार १५ र नितिन राम १ रनमा आउट भए । मोहम्मद मोसहरार्फ र राज बमले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट रङ्गशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ गरेको ट्यालेन्ट हन्ट १८.२ ओभरमा ७७ रनमै समेटिएको थियो । उसका लागि मोहम्मद उमरले २० र आशिष रत्नमले १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रिन्स शाहीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । तेजस सिंहले ३.२ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए ।

यस्तै अर्को खेलमा तीव्र गतिका बलर सोमपाल कामी र युवा ब्याटर रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई ५१ रनले पराजित गरेको गर्न सफल भएको छ ।

१ सय ४० रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपीएफ १९.१ ओभरमा ८८ रन बनाउँदै अलआउट भयो । एपीएफका ओपनर तथा कप्तान प्रदीप ऐरीले १६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३१ रन बनाए ।

रित गौतम २८ बलमा १२ रन र लोकेश बम २४ बलमा ९ रनमा आउट भए । सन्दीप जोरा ९, सुमित महर्जन १२ र अमर राउटेला ४ रनमा आउट भए ।

आर्मीका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । साहब आलमले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र विक्रम सोबले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ उत्रिएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रनको योगफल बनाएको थियो ।

आर्मीका रोहित पौडेल ५७ बलमा ९ चौका र १ छक्कासहित ८० रनमा अविजित रहे । कप्तान विनोद भण्डारी २० बलमा १ चौकासहित १९ रनमा आउट भए । ओपनर सन्तोष कार्की ७ र हरि चौहान शून्यमा आउट भए । उनी सन्तोष नन्दन यादवको बलमा सुमित महर्जनबाट क्याच भए । भीम सार्की २३ बलमा २ चौकासहित २२ रन बनाउँदै क्याच भए । राजेश पुलामी २ र कुशल मल्ल शून्यमा आउट भए ।

एपीएफका स्पिनर भुवन कार्कीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अमर राउटेला र नन्दन यादवको नाममा १–१ विकेट रह्यो ।

काठमाडौंको जोरा इन्टरनेशनल प्रालिको आयोजनामा जारी प्रतियोगितामा नेपालका चारसहित भारतका दुई तथा मलेसिया र बङ्गलादेशका १–१ क्लब सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर