कप्तान अरुणा र कोपिला सम्मानित – Nepal Press

कप्तान अरुणा र कोपिला सम्मानित

पाल्पा । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र नेपाल पुलिस क्लबकी प्रशिक्षक कोपिला उप्रेती सञ्जय फाउन्डेसनद्वारा सम्मानित भएका छन् ।

सञ्जय ममोरियल फाउन्डेसनकै आयोजनामा चैत्र २४ गतेदेखि पाल्पास्थित कालिगण्डकीको किनारमा सम्पन्न राष्ट्रिय महिला बिच भलिबल प्रतियोगितामा करुणा र कोपिला समान १५ हजार रुपैयाँसहित सम्मानित भएका हुन् ।

पूर्व राष्ट्रिय खेलाडीसमेत रहेकी कोपिला र हालकी कप्तान अरुणालाई भलिबल खेलको विकास र राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी गराइन् ।

अरुणाको कप्तानीमा नेपालले पहिलो पटक सन् २०१९ मा बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक र यसै वर्ष बंगलादेशमा नै आयोजना भएको यहीँ प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रलाई पुनः स्वर्ण पदक दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । अरुणा नेपाली भलिबलकी सर्वाधिक सफल कप्तान समेत हुन् ।

यस्तै, पूर्व राष्ट्रिय भलिबल टोलीकी सदस्य कोपिलाले लामो समयदेखि भलिबलमा योगदान पुर्‍याउँदै आएकी छिन् ।

उनी सम्मिलित नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । उनले माघ २६, २०७६ मा राष्ट्रिय टोलीबाट सन्यास लिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर