पुलिस बन्यो राष्ट्रिय महिला बिच भलिबल च्याम्पियन – Nepal Press

पुलिस बन्यो राष्ट्रिय महिला बिच भलिबल च्याम्पियन

पाल्पा । कर्णाली प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा सम्पन्न प्रतियोगितामा शनिबार विभागीय टोली पुलिसले लुम्बिनी प्रदेशलाई २१–८, २१–१७को सोझो सेटमा पराजित गर्‍यो ।

पुलिस पूर्व राष्टिय खेलाडी कमला पुनको कप्तानीमा रहेको थियो । उनको टिममा राष्टिय खेलाडी मनिसा चौधरी थिइन् ।
लुम्बिनीको कप्तान भावना डाँगी रहेकी थिइन भने उनलाई सरस्वती कट्टेलले साथ दिएकी थिइन् ।

प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई २१–९, २१–११ को सोझो सेटमा हराएको थियो । यस्तै, क्वार्टर फाइनलमा प्रदेश एकलाई २१–१, २१–६ र सेमिफाइनलमा गण्डकीलाई २१–१९, २१–९ को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै,लुम्बिनीले क्वार्टर फाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता थगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
भने,सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सेटमा हराउँलै फाइनल नजिक पुगेको हो ।

सञ्जय फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको विजेता टोलीले एक लाख प्राप्त गर्नेछन् । उप विजेताले ५० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार प्राप्त गर्नेछन् । नौ टोलीको सहभागिता रहेको प्रतियोगिता चौत २४ गतेदेखि सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर