इस्लिङटन कलेजको स्प्रिङ कार्निभल सम्पन्न – Nepal Press

इस्लिङटन कलेजको स्प्रिङ कार्निभल सम्पन्न

काठमाडौं । कमलपोखरी स्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमतावृद्धी गर्ने उद्देश्यले स्प्रिङ कार्निभल–२०२२ आयोजना गरेको छ । कोभिड संक्रमणको कारण विगत दुईवर्षदेखि रोकिएको कार्निभल योवर्ष भब्य रुपमा सम्पन्न गरेको छ ।

कलेज प्राङगणमा आयोजना गरिएको कार्निभल(महोत्सव)मा विभिन्न २५ वटा विद्यामा विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । कार्निभल आयोजना गरेको २५ वर्ष पुगेको अवसरमा २५ वटा स्टल राखिएको थियो । विद्यार्थीले कलेजमा सिकेका , आफ्ना उत्पादनलाई विश्वबजारमा चिनाउने र आफुले कलेजमा तयार गरेको परियोजना स्टलमा राखिएको थियो ।

कलेजले सय टिमबाट छनौटमा परेका २५ टिमलाई कार्निभलमा सहभागि गराएको थियो । कलेजमा उपस्थित विद्यार्थीले विभिन्न जातजातिका भेषमुभषा लगाएका थिए । कलेजले सो महोत्सवलाई ‘इथ्निक डे को रुपमा मनाएको थियो ।

कार्निभलमा उपस्थित र स्टलमा रहेका विद्यार्थी विभिन्न जातजातिका फरक फरक ड्रेस लगाएका थिए । आफ्नो, भाषा, जात र धर्मलाई परिचय दिन अधिकांस विद्यार्थी फरक–फरक जातिको भेषभुषामा सजिएका थिए ।

कार्निभलमा चर्चित गायक दीपक बज्राचार्यको ब्याण्ड र समुहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्प्रिङ कार्निभलका संयोजक दौलतराज श्रेष्ठले कार्निभलले विद्यार्थीका क्षमता अभिभृद्धि गर्न महत्वपुर्ण भुमिका खेलेको बताए ।

कलेजले सन् २०११देखिनै यो स्प्रिङ कार्निभल आयोजना गर्दै आएको थियो । कोभिडको कारण दुईवर्षसम्म स्थगित सो महोत्सव हरेरवर्ष आयोजना गरिने कलेजको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *