पल शाहको भिडियोलाई चुम्दै पूजाले लेखिन् : आइ जस्ट लभ हिम (भिडिओ) – Nepal Press

पल शाहको भिडियोलाई चुम्दै पूजाले लेखिन् : आइ जस्ट लभ हिम (भिडिओ)

काठमाडौं । नायिका पूजा शर्माले फेरि एक पटक कारागारमा रहेका अभिनेता पल शाहप्रति खुल्ला प्रेम व्यक्त गरेकी छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रेम दर्साएकी हुन् ।

इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडियोमा चुम्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गालामा चुमेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम ।

त्यसो त पूजाको औपचारिक प्रेम अर्कै व्यक्तिसँग छ । उनले युद्ध बानिया नामका युवकलाई आफ्नो प्रेमीका रूपमा चिनाएकी छन् र उनीसँग बिहेको तयारीमा रहेको समेत बताएकी छन् ।

पल र पूजाको गहिरो निकटता रहे पनि उनीहरूले प्रेम सम्बन्धमा रहेको स्वीकारेका छैनन् । तर, पल जबरजस्ती करणीको मुद्दामा पक्राउ गरेसँगै पुजा उनीप्रति लगातार प्रेम दर्साइरहेकी छन् ।

हुन त प्रेम एक पटकमा एक जनासँग मात्रै गर्नुहुन्छ भन्ने कहाँ लेखेको छ र ? पहिले पनि उनी आकाश श्रेष्ठ र सुदर्शन थापासँग समानान्तर प्रेममा थिइन् ।

पूजाले पलसँगका दर्जनौं मुभी सिनहरु एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चुमेको भिडियो राखेकी हुन् ।

स्टोरीको ब्याकग्राउन्डमा उनले ‘मै फिर भि तुमको चाहुंगा’ बोलको हिन्दी गीत बजाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *