महिला बिच भलिबलः फाइनलमा लुम्बिनी र पुलिस भिड्ने – Nepal Press

महिला बिच भलिबलः फाइनलमा लुम्बिनी र पुलिस भिड्ने

पाल्पा । लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रथम सञ्जय स्मृती राष्ट्रिय बिच भलिबलको फाइनल प्रवेश गरेका छन् ।

पाल्पाको तान्सेनस्थित कालिगण्डकीको किनारमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा लुम्बिनी सुदुरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सोझो पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

लुम्बिनीले क्वार्टर फाइनलमा विभागिय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो । यस्तै, गण्डकी प्रदेशविरुद्ध २१–१९, २१–१४को नतिजामा जित निकाल्दै पुलिसले फाइनलमा स्थान पक्का गर्यो ।

सेमिफाइनलमा पराजित भएका सुदुरपश्चिम र गण्डकी बिच तेस्रो स्थानका लागि पैतिस्पर्धा हुनेछ । फाइनल र तेस्रो स्थानको दुवै खेल शनिबार हुनेछ ।

बिहिबार देखि सुरु भएको प्रतियोगितामा दुई विभागिय र सात प्रदेश गरि नौं टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले एक लाख रुपैंया र उपविजेताले ५० हजार रुपैंया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर