पलेशा गोवर्धन र सिर्जना घिसिङ्गले एसियन पारा गेम्स खेल्ने निश्चित – Nepal Press

पलेशा गोवर्धन र सिर्जना घिसिङ्गले एसियन पारा गेम्स खेल्ने निश्चित

काठमाडौं । चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्समा पलेशा गोवर्धन र सिर्जना घिसिङ्गले खेल्ने पक्का भएको छ ।

सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म आयोजना हुने खेलको लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ४४-५७ र सिर्जना घिसिङ्ग ४४-५२ केजीमुनीका खेलाडीहरुले खेल्ने निश्चित गरेको छ ।

विश्व तेक्वान्दो महासंघको मिति २०२२-०४-०७ गतेको पत्र अनुसार पलेशागोवर्धन विश्वको ९ औं रङ्किङ्ग र सिर्जना घिसिङ्गले विश्वको १० औं रङ्किङ्ग बरियतामा रहेकोले वाइल्ड मर्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जना घिसिङ्गले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठुलो आशा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर