महिला बिच भलिबलः पुलिस र एपीएफ क्वार्टरफाइनलमा, मधेस प्रदेश बाहिरियो – Nepal Press

महिला बिच भलिबलः पुलिस र एपीएफ क्वार्टरफाइनलमा, मधेस प्रदेश बाहिरियो

पाल्पा । विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको ‘एपिएफ’ले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगितामा क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

पाल्पाको तानसेनस्थित रानीमहलमा बिहिबार सम्पन्न लिग चरणको खेलमा मधेस प्रदेश बाहिरिएको छ । मधेस बाहिरिएसँगै दुई विभाग र ६ प्रदेशले क्वाटरफाइनलमा स्थान बनाएका छन् । नौ टोलीलाई चार समूहमा विभाजन गरिएको खेलमा सबै समूहका विजेता र उपविजेताले क्वाटर फाइनलमा स्थान बनाए ।

हरेक समूहमा दुई-दुई टोली रहेका थिए । समुह‘ए’ भने तीन टोली रहेकाले मधेश तेस्रो भएर बाहिरियो । आज भएको पहिलो खेलमा प्रदेश–१ ले मधेस प्रदेशलाई २१–७, २१–१६ को सोझो सेटमा पराजित गर्यो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि २०–४, २३–२१ को सोझो सेटमा जित निकाल्यो ।

यस्तै, तेस्रो खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि २१–९, २१–११ को सहज जित निकाल्यो । एपीएफ र लुम्बिनी बीच भएको दिनको चौथो खेल भने निकै रोमाञ्चक भएको थियो । पहिलो सेटमा २१–१ को नतिजमा आफ्नो पक्षमा पारेको एपीएफ दोस्रो खेलमा १६–२१ ले पराजित भयो । तेस्रो सेटमा पुगेको खेलमा लुम्बिनीलाई १५–८ ले हराउँदै एपीएफले सानदार जित निकाल्यो । पाँचौं खेलमा गण्डकी प्रदेशलाई २१–६, २१–१४ले सहज रुपमा पराजित गर्‍यो ।

क्वाटर फाइन प्रवेशका लागि निर्णायक खेलमा मधेसलाई २१–५, २१–० को सोझो सेटमा हराउँदै एपीएफ विजयी भयो ।
शुक्रबार हुने क्वार्टरफाइनलको पहिलो खेलमा एपीएफ र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा सुदुरपश्चिम र बाग्मती भिड्नेछन् ।

यस्तै, तेस्रो खेलमा पुलिस र प्रदेश–१ तथा चौथो क्वार्टरफाइनलमा गण्डकी र कर्णाली आमने सामने हुनेछन् ।

शुक्रबारनै सेमिफाइनलका खेलहरुपनि हुनेछन् । प्रतियोगिताको फाइनल सनिबार हुनेछ । महिला बिच भलिबलको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर